Bedkot Samudayik Ban

तिहारको मुखैमा बढ्यो सुनको भाउ, हेर्नुहोस् आज साताको तेस्रो दिन (मंगलबार) कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
80
Shares

आज साताको तेस्रो दिन अर्थात (मंगलबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ। हिजो तोलामा १०० रुपैयाँले बढेको सुन आज भने प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Arus

आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रहेको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० रुपैयाँ रहेको थियो।

Karnali Traders

सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० रहेको छ । आइतबार चाँदी रु, १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

 

Total
80
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
80
Share