Bedkot Samudayik Ban

कैलाली: जीपले ठक्कर दिदाँ एक जनाको मृत्यु , २ जना घाईते

Sana Kishan
Total
68
Shares

कैलालीमा जीपले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

Arus

मंगलबार लम्कीबाट टीकापुर तर्फ जादै गरेको बा १६ प ५३४९ नम्बरको जीपले जानकी गाउँपालिका १० लम्की टीकापुर सडकखण्डमा विपरित दिशाबाट आइरहेको साइकललाई ठक्कर दिदाँ साइकलमा सबार एक जनाको मृत्यु भएको हो भने २ जना घाईते भएका हुन् ।

मृत्यु हुनेमा जानकी गाउँपालिका ५ की ३० वर्षीया अनिता डगौरा रहेको प्रहरीले जनाएको छ । जिपको ठक्करवाट गम्भिर घाईते भएकी डगौराको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

यस्तै घाईते हुनेहरुमा मृतक अनिताका श्रीमान ३५ वर्षीय जोगराम डगौरा र उनका डेढ वर्षीय नाति सुशान डगौरा रहेका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । ठक्कर दिने जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
68
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
68
Share