सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुनावमा पाँचदलीय गठबन्धनको लज्जास्पद हार हुन्छ : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको लज्जास्पद हार हुने बताएका छन् ।

नेकपा एमाले भरतपुर महानगर कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै ओलीले पाँच दलमात्रै नभई १० दल गठवन्धन गरे पनि एमालेलाई रोक्न नसक्ने जिकिर गरे ।

उनले आगामी निर्वाचनमा ५० प्रतिशत भन्दा बढी मत एमालेले ल्याउने भन्दै देश बनाउन एमालेले जित्नुपर्ने बताए । ‘अन्य दल जनताको नजरमा एक तिहाई छाड्न पनि लायक छैनन्, किन जनताले उनीहरुलाई मत दिने ?’ अध्यक्ष ओलीले भने ।

World Link Ads
Mahakali Polytechnic

हाल एक सय दिनसम्म पनि सरकार छ कि छैन भन्ने पत्तो आम जनतालाई नभएको भन्दै ओलीले अगाडि भने, ‘यो पाँच दलीय गठवन्धन परमादेशबाट आएको प्रतिक्रियावादी प्रतिगामी गठवन्धन हो, यसलाई जनताका पक्षमा केही गर्नु छैन ।’

Dirghayu Ads
Sana Kishan

एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेका विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर लक्षित नभएको भन्दै ओलीले एमालेले चितवनमा महाधिवेशन गरे पनि नगरे पनि चुनाव जित्ने दावी गरे ।

प्रचण्डलाई भोट माग्न दुई पटकसम्म चितवन आएको स्मरण गर्दै ओलीले भने, ‘अब कति दिन चुनावबाट भाग्छन्, कस कसको शरणमा पुग्छन् थाहा हुन्छ, एमाले एक्लै लड्छ ।’

उनले माधव नेपालको पार्टी एमाले हराउनका लागि मात्रै खोलिएको आरोप लगाए । बामपन्थीलाई हराएर दक्षिणपन्थीलाई जिताउने पार्टी एकीकृत समाजवादी राख्दा नसुहाएको ओलीको टिप्पणी छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.