Bedkot Samudayik Ban

माछापुच्छ्रे बैंकको नाफा ५६ प्रतिशतले बढ्यो

Sana Kishan
Total
80
Shares

माछापुच्छ्रे बैंकको नाफा ५६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाखरुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २० करोड ६ लाख (५५.५९ प्रतिशत) ले बढी हो ।

Arus

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१ करोडले बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्चमा वृद्धि भएपछि सो बैंकको खुद ब्याज आम्दानी बढेको हो । कमिशन तथा शुल्कसम्बन्धी आम्दानीमा समेत झन्डै ९ करोड रुपैयाँले वृद्धि भएको छ ।

यो पटक बैंकले इम्पेरिमेन्ट चार्जबापत ५ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यो शीर्षकमा झन्डै १२ करोड रुपैयाँ छुट्याएको थियो । इम्पेरिमेन्ट चार्ज घट्दा यसले नाफा वृद्धिमा सहयोग गरेको छ । यो त्रैमासमा बैंकको कर्मचारी खर्च र सञ्चालन खर्च दुवै बढेको छ । ह्रासकट्टितर्फको खर्च समेत यसपटक बढेको छ ।

पहिलो त्रैमासको अन्त्यमा बैंकको पुँजीकोष अनुपात १२.६५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.५० प्रतिशत, कस्ट अफ फण्ड ५.६६ प्रतिशत, कर्जा निक्षेप (सीडी) अनुपात ८८.१० प्रतिशत, आधारदर (बेसरेट) ७.६३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेडदर) ३.३८ प्रतिशत छ ।

Karnali Traders

बैंकले यो अवधिमा कमाएको कुल नाफामध्ये १ अर्ब ४५ करोड रुपैयाँ शेयरधनीलाई बाँड्न मिल्ने अवस्थामा छ । यो आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट प्रस्तावित बोनस शेयर सहितको रकम हो । यसपटक बैंकले रेगुलेटरी रिजर्भमा २५ करोड रुपैयाँ छुट्याएको छ । यसले पछिल्लो ३ महिनाको वितरणयोग्य नाफा भने खुद नाफा भन्दा कम रहेको देखाउँछ ।  नेपालअर्थ डटकम बाट सभार

Total
80
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
80
Share