Bedkot Samudayik Ban

कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा नेकपा एमालेको पालिका अधिवेशन

Sana Kishan
Total
2
Shares

कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा सोमबार नेकपा एमालेको पालिका अधिवेशन हुँदै छ । ७ वटा नगरपालिकाहरू र २ वटा गाउँपालिकाहरू गरी ९ वटै स्थानीय तहहरूमा पालिका अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा एमाले कञ्चनपुरका उपसचिव एवं प्रचार विभाग प्रमुख रण बहादुर महराले जानकारी दिनुभएको छ । पालिका अधिवेशनको उद्घाटन सत्रपछि नयाँ कमिटी गठन प्रक्रिया सुरु हुने बताइएको छ ।

Arus

देशका अधिकांश क्षेत्रमा यसअघि नै वडा तथा पालिका अधिवेशन भए पनि वर्षाका कारण बाढी र पहिरोबाट बढी प्रभावित कञ्चनपुर सहित केही क्षेत्रमा अधिवेशन सारिएको थियो । कञ्चनपुरमा शुक्रबार वडा अधिवेशन भएको थियो भने सोमबार पालिका अधिवेशन हुँदै छ । जिल्लाका सबै स्थानीय तहहरूमा सर्वसम्मत रूपमै पालिका स्तरीय कमिटी गठन गर्ने सम्बन्धमा आवश्यक छलफल भइरहेको उपसचिव महराले बताउनु भयो । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्।

Karnali Traders
Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share