Bedkot Samudayik Ban

नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गर्दै सीमानाकामा प्रहरीको कडाइ

Sana Kishan
Total
44
Shares

नेपालीहरुको दोस्रो महान चाड तिहारलाई मध्यनजर गर्दै प्रहरीले नाकामा कडाइ गरेको छ। यस्तै‚ पटाका आयात र बिक्री तथा जुवातास खेलमा निगरानी बढाएको छ।

Arus

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतबाट पटका आयात हुने भएकाले सीमानाका झुलाघाटलगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो। पटाका ओसारपसार, किनबेच र पड्काउने सबैलाई कारवाही गरिने उनले बताए।

चाडपर्वका नाममा रमाइलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र स्वास्थ्यमा समेत असर पर्ने भएकाले कडाइ गरिएको प्रहरी निरीक्षक खड्काले बताए। तिहारलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न देउसी–भैली राति अबेरसम्म नखेल्न पनि प्रहरीले आग्रह गरेको छ। गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
44
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
44
Share