Bedkot Samudayik Ban

ओलीले ज्ञानेन्द्रका मान्छेहरुसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन् : प्रचण्ड

Sana Kishan
Total
66
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप प्रत्यारोप जारी छ ।

Arus

प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरे । चितवनबाट काठमाडौं आएका प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका छन्, ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित चियापान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको बताए ।

उनले अघि भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर मलाई जिन्दगीभर गणतन्त्र मन परेकै होइन । बाध्य भएर गरेको हो । मौका आयो भने उल्ट्याउने हो भनेको भन्ने सूचना मैले पाएँ ।’ अनलाइनखबर बाट सभार

Karnali Traders

Total
66
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
66
Share