Bedkot Samudayik Ban

यसपालिको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

Sana Kishan
Total
74
Shares

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Arus

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उनको सुझाव पनि छ ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

Karnali Traders

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। सगुन खबर बाट सभार

Total
74
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
74
Share