Bedkot Samudayik Ban

मलामी गएका एक किशोर कालीगण्डकी नदीमा बेपत्ता

Sana Kishan
Total
34
Shares

गुल्मीको कालीगण्डकी नदीमा मलामी गएका एक किशोर नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका ८ वर्ष १९ का शंकर पौडेल रहेका छन् ।

Arus

ती किशोर चन्द्रकोट गाउँपालिका ७ का थानेश्वर न्यौपानेको मलामी गएको अवस्थामा आज आइतवार दिउँसो सत्यवती गाउँपालिका १ अन्तर्गत रुद्रवेणी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहाङ्बाट प्रहरी सहायक निरीक्षक लक्ष्मण विकको नेतृत्वमा चार जना र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा सात जना गरी ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगी पौडेलको खोजी कार्य गरिरहेको छ ।

खोला केही धमिलो र गहिरो भएका कारण खोजी कार्यमा पनि समस्या परेको बताइएको छ । जनार्दन घिमिरेले उज्यालो अनलाइनमा लेखेका छन्।

Karnali Traders

Total
34
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
34
Share