Bedkot Samudayik Ban

आज कार्तिक १५ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

Sana Kishan
Total
32
Shares

पञ्चाङ्ग
वि.सं. कार्तिक १५, २०७८ । ई.सं. १ नोभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । राक्षस, दक्षिणायन, शरद । सोमबार कार्तिक कृष्णपक्ष तिथि । एकादशी, ९ः३० बजे उप्रान्त द्वादशी । नक्षत्र– पूर्वफाल्गुनी, १०ः१६ बजे उप्रान्त उत्तरफाल्गुनी । योग– ऐन्द्र, १९ः४८ बजे उप्रान्त वैधृति । करण– वालव ९ः३० बजेदेखि कौलव, २१ः०५ बजे उप्रान्त वणिज । चन्द्रराशि सिंह । आनन्दादि योग ध्वज । दिनमान २७।३७ । सूर्योदय ६ः१५ । सूर्यास्त १७ः१८ ।

Arus

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

Karnali Traders

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन एवं प्रवचनभाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

 

Total
32
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
32
Share