सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुरुषका यी सात कुरामा सबैभन्दा बढी रिसाउँछन् महिला !!

पुरुष होउन् वा महिला, उनीहरुलाई एक–अर्काका केही कुरा असाध्यै मनपर्छ भने कति कुरा असाध्यै खराब । महिलाको कुरा गर्ने हो भने आफूलाई मनपर्ने पुरुष छान्ने बेला उनीहरु स–साना कुरामा ध्यान दिने गर्छन् । जस्तै कि हालै सुपर मोडल अफ द इयरको सेटमा मिलिन्द सोमनसँग कुरा गर्दै गर्दा मलाइका अरोडाले उनलाई चिल्लो पारेर दाह्री काटेको र कुरा काट्ने पुरुष मन नपर्ने बताएकी थिइन् । यसै सन्दर्भमा पुरुषका कुन कुरा महिलालाई फिटिक्कै मनपर्दैन भन्नेबारे जानकारी लिऔंः

सधैं आफ्नै तारिफ गर्ने पुरुषः

महिलालाई यस्ता पुरुष फिटिक्कै मन पर्दैन । यस्तो बानी भएकाहरुलाई आत्ममुग्ध पनि भन्न सकिन्छ । यस्ता पुरुषहरुले अगाडि आएका मानिसहरुलाई बोल्ने मौका पनि दिँदैनन् । उनीहरुलाई सधैं आफ्नै बारे कुरा गर्न र आफ्नै बारे सुन्न राम्रो लाग्छ । उनीहरुलाई आफ्नो अगाडि भएका मानिसहरुको जीवनमा के चलिरहेको छ भनेर थाहा पाउन कुनै रुची हुँदैन । उनीहरु लगातार बोलिरहन्छन् र यस्ता पुरुष महिलालाई कुनै पनि हालतमा मन पर्दैन ।

World Link Ads
Mahakali Polytechnic

नियन्त्रण गर्ने खालका पुरुषः

Dirghayu Ads

यस्ता मानिसहरु आफू वरिपरिका हरेक कुरा नियन्त्रण गर्ने कोसिस गर्छन् । तपाईंले जे पनि गर्नुहुन्छ, भन्नुहुन्छ यहाँसम्म कि तपाईं जतिपनि सोच्नुहुन्छ, उनीहरु यो सबै कुरामा आफ्नो नियन्त्रण चाहन्छन् । यदि तपाईंले उनले सोचेभन्दा भिन्न धारणा राख्नुहुन्छ भने उनीहरु रिसाइहाल्छन् र तपाईंलाई फकाउने क्रममा आफू सही र तपाईं गलत भनेर जताउने गर्छन् । सम्बन्धमा यस्ता मानिसहरुले आफ्ना पार्टनरलाई कुनै पनि स्पेस दिँदैनन् । यस्ता पुरुषसँग महिला टाढा हुन्छन् ।

सधैं चिन्तामा हुने पुरुषः

यस्ता पुरुषसँग बस्दा महिलाको जीवनबाट रौनकता पनि समाप्त हुन्छ । महिलालाई यस्ता पुरुष देखेर असाध्यै रिस उठ्छ । यस्ता पुरुष कुनै न कुनै कुरामा दुःख मनाउ गरिरहेकै हुन्छ । स्वभावले यस्ता मानिसहरु निकै नकारात्मक र असाध्यै भावुक हुन्छन् । उनीहरु कुनै पनि कुरालाई सजिलै बिर्सन सक्दैनन् । सम्बन्धमा पनि उनीहरु सधैं नकारात्मक कुरामा मात्रै ध्यान दिन्छन् र पार्टनरलाई तल झार्ने कोसिस गर्छन् ।

हरेक कुरामा ड्रामामा गर्ने पुरुषः

Sana Kishan

केही पुरुषलाई आफू वरिपरि सधैं बखेडा निम्त्याउने बानी परेको हुन्छ । एउटा समस्या हल हुने बित्तिकै उनीहरु अर्को समस्या लिएर आउँछन् । उनीहरु आफू अगाडि भएका व्यक्तिबाट सहानुभूति र मद्दत चाहन्छन् तर उनीहरुले दिएको सल्लाह भने मान्दैनन् । उनीहरुलाई कुरा मिलाउनुको साटो असन्तोष व्यक्त गरिरहँदा शान्ति मिल्छ । सम्बन्धमा पनि उनीहरु आफ्नो व्यवहारले आफूलाई नै बढी विशेष देखाउन चाहन्छन् । महिलालाई यस्ता पुरुष साँच्चै नै मनपर्दैन ।

अरुको डाहा गर्ने र कुरा काट्ने पुरुषः

यस्ता पुरुष न त आफैंसँग खुसी हुन्छन् न अरुको खुसीमा खुसी हुन्छन् । यी मानिसहरुमा जलनको भावना पनि असाध्यै धेरै हुन्छ । उनीहरु जुन सम्बन्धमा हुन्छन् त्यसमा पनि विष घोल्ने काम गर्छन् । आफ्नो वरिपरिका मानिसहरुसँग कहिल्यै खुसी हुँदैनन् । यी मानिसहरुले अरुलाई पनि छिट्टै जज गरिहाल्छन् र आफ्नो निर्णय सुनाइहाल्छन् । आफ्नो डाहालाई उनीहरुले गसिपमार्फत् बाहिर निकाल्छन् र महिला यस्ता पुरुषलाई घृणा गर्छन् ।

झुटो बोल्ने पुरुषः

केही पुरुषलाई असाध्यै धेरै झुटो बोल्ने बानी हुन्छ । आफ्नो एउटा गल्ती लुकाउनका लागि उनीहरु असाध्यै धेरै झुटो बोल्छन् । यस्ता मानिसहरु धोका दिन सबैभन्दा अगाडि हुन्छन् । सम्बन्धमा यस्ता मानिसहरु विश्वासका लायक हुँदैनन् । महिला यस्ता पुरुषसँग लामो समयसम्म सम्बन्धमा रहन चाहँदैनन् ।

तारिफ नगर्नेः

महिलालाई यस्ता पुरुष फिटिक्कै मन पर्दैन जसले कुनै पनि सफलतामा महिलाको तारिफ गर्दैनन् र उनीहरुलाई अघि बढाउनका लागि प्रोत्साहित गर्दैनन् । यस्ता मानिसहरुले आफ्नो पार्टनरको भावनालाई फिटिक्कै ख्याल राख्दैनन् र उनीहरुको विचारको पनि सम्मान गर्दैनन् । यस्ता मानिसहरुलाई प्रेम गर्न जोसुकैलाई पनि मुश्किल हुनसक्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.