सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईसीसी टी–२० विश्व कप : अफगानिस्तानले नामिबियालाई ६२ रनले हरायो

आईसीसी टी–२० विश्व कप क्रिकेटमा अफगानिस्तानले नामिबियालाई ६२ रनले हराएको छ ।

आबुधाबीमा अफगानिस्तानले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको नामिबिया नौ विकेट गुमाएर ९८ रनमा समेटियो । उसका लागि डेभिड वाइजले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नभीन–उल–हक र हमिद हसनले तीन÷तीन विकेट लिए

Sana Kishan

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६० रन बनायो । उसका लागि मोहम्मद शेहजादले ४५, हजरतुल्लाह जाजाईले ३३ र कप्तान मोहम्मद नाबीले नटआउट ३२ रन बनाए । बलिङतर्फ नामिबियाका लोफ्टी एटन र रुबेन ट्रमप्लेमानले दुई÷दुई विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

नामिबियाको दुई खेलमा दुई अङ्क मात्रै छ । अफगानिस्तान भने तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । यो समूहको पाकिस्तान ६ अङ्कका साथ शीर्ष स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.