Bedkot Samudayik Ban

पहिलो पटक सार्वजनिक रूपमा देखा परे तालिबान सर्वोच्च नेता 

Sana Kishan
Total
96
Shares

तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

Arus

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए । तर गएको अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रूपमा देखा परेका थिएनन् ।

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरूका अनुसार हिजो शनिवार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु चेलाहरूसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए ।

सन् २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा परि तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत सङ्क्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
96
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
96
Share