सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेप्से ५५ अङ्कले बढ्यो

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज आइतवार ५५ अङ्कभन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ । आज व्यापार समूहको शेयर एक सय ८७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३८, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बीमा समूहको ६ सय तीन अङ्कले, उत्पादनको तीन सय १९ र अन्य समूहको शेयर झन्डै तीन अङ्कले बढेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज चन्द्रागिरि हिल्स, सामुदायिक लघुवित्त, साहस ऊर्जालगायत आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.