Bedkot Samudayik Ban

बैतडी: स्थानीयको सहयोगमा गुरुखोला प्रहरीचौकी मर्मत सम्भार र पेन्टिङ गरियो

Sana Kishan
Total
6
Shares

बैतडी– लामो समयदेखि पेन्टिङ नगरिएको बैतडीको दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित गुरुखोला प्रहरीचौकीको भवनमा पेन्टिङ गरिएको छ । २०६६ सालमा चुनामात्र लगाइएको सो भवनमा यो बर्ष रंग लगाएको प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक शंकर भण्डारीले बताए । उनले भने ‘मैले आएदेखि प्रहरीचौकी भवन मर्मत सम्भार गर्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो । स्थानीय निर्माण व्यवसायीको सहयोगमा यो कार्य सम्पन्न भएको छ ।’

Arus

स्थानीय निर्माण व्यवसायी पूर्ण टेरले रंग खरीदमा सहयोग गरेपछि प्रहरीचौकी भवनमा रंग लगाइएको हो । प्रहरीचौकी भवनमा रंग लगाएपछि राम्रो देखिएको प्रहरी सहायक निरीक्षक भण्डारीले बताए । भवनको मर्मत सम्भारका लागि चौकीसंग त्यस्तो बजेट नभएको हुनाले स्थानीय निर्माण व्यवसायीको सहयोगमा रंग लगाइएको जनाइएको छ । उनले भने ‘पेन्ट्स खरीदका लागि सहयोग पाएपछि हामीहरु सबै मिलेर भवनमा रंगरोगन गरेका हौं ।’ सगुन खबर बाट सभार

Karnali Traders
Total
6
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
6
Share