सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पन्ज्युनयाँ टि–२० क्रिकेट कप : आयोजक फाइनलमा प्रवेश

बैतडी –आयोजक सुशितम युवा क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा सुशितमले गोकुलेश्वर स्टार क्लब,चौसेरालाई एक सय ३३ रनले पराजित गरेको हो ।

सुशितमले दिएको एक सय ७६ रनको बिशाल लक्ष्य पन्छाएको चौसेरा १० ओभरमा ४३ रनमा अलआउट भयो । चौसेराका लागि राजेन्द्र नाथ सर्वाधिक १० रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकको रन समेत जोड्न नसक्दा चौसेरा सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्यसअघि दोगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुशितम निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ७५ रन बनायो । जसमा जनक कार्कीले २७ रन हिर्काए ।

World Link Ads
Mahakali Polytechnic

यस्तै सन्तोस, अशोक र विक्रम कार्कीले समान २२÷२२ रन जोडे । चौसेराका लागि दिपक नाथले ३ र गोपाल नाथले २ विकेट लिए । शुसितमका अशोक कार्की म्यान अफ द म्याच चुनिएका स्कोरर रोशन कार्कीले जानकारी दिए ।

Sana Kishan

उनले व्यक्तिगत २२ रन बनाउदै ३ विकेट पनि झारे । शुसितमले उपाधिका लागि भोलि हुने जागृती युवा क्लब, सर्मोली र कैलपाल क्रिकेट क्लबबीचको विजेतासंग खेल्नेछ । उपाधि भिडन्त भने मंगलबार पर्सी हुने जनाइएको छ ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेको थियो । प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले बताए ।

यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन् । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.