Bedkot Samudayik Ban

आज साताको पहिलो दिन (आइतबार) घट्यो सुनको भाउ, तोलाको कति ?

Sana Kishan
Total
70
Shares

आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

Arus

छापावाल सुन शुक्रबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार २०० रहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ७०० रुपैयाँ रहेको थियो।

Karnali Traders

सुनको भाउ सँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २४० रहेको छ । शुक्रबार चाँदी रु, १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

 

Total
70
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
70
Share