सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुलाई रिहाइको गृहकार्य हुँदै : मन्त्री बालकृष्ण खाँड

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँडले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताउनु भएको छ ।

गृहमन्त्री समेत रहनु भएका खाँडले मुद्दा लागेका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको बताउनुभयो ।

Sana Kishan

कार्यबहाक प्रधानमन्त्री खाँडले एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्दा लागेको पाइएको भन्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको जानकारी समेत दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

यस्तै खाँडले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.