Bedkot Samudayik Ban

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

Sana Kishan
Total
154
Shares

कञ्चनपुर – जिल्लामा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। कार्तिक ७ गते बेलौरी नगरपालिकाका ४ बेलौरीको माथिल्लो बजारमा मोटरसाइकल चोरी भएका थिए।

Arus

प्रहरीले चोरी घटनाको अनुसन्धान थालेपछि सोरुमबाट मोटरसाइकल चोरी गर्ने शुक्लाफाँटा नगरपालिका वडानम्बर ११ कलवापुरका २० वर्षीय विवेक बम, वडानम्बर १२ का १९ वर्षीय ठग्गी राना, वडानम्बर १ का १९ वर्षीय पारस बिष्ट र १८ वर्षीय किरन नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले केएम ईन्टरप्राईजेज बजाज सोरुमबाट सटरको ताला र सिसाको ढोका फोडेर ३ वटा मोटरसाइकल चोरी गरेका थिए।उनीहरुमाथि कानून बमोजिम कारवाहीको तयारी भइरहेको बताइएको छ। गोदावरी न्युज बाट सभार

Karnali Traders

 

Total
154
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
154
Share