Bedkot Samudayik Ban

बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा कांग्रेसको वडा कार्यालय उद्दघाटन

Sana Kishan
Total
124
Shares

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा नेपाली कांग्रेसको पार्टीको वडा कार्यालय उद्दघाटन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर वडा नं ८ को किम्बगडमा पार्टीको वडा कार्यालय स्थापना गरेको वडा सचिव तेजन बोहराले बताए ।

Arus

नेपाली कांग्रेसका वडा सभापति भानबहादुर बोहराको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्दघाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव एवं उपसभापतिका उम्मेद्वार बीरबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए ।

यस्तै नेपाली कांग्रेसका सुर्नया गाउँपालिका सभापति प्रतापसिंह महरा, सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष जयबहादुर कुँवरको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सुर्नया गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सचिव बीरबहादुर बिष्टले नेपाली कांग्रेसको आगामी महाधिवेशनले युवा नेतृत्व चयन गर्ने बताए ।

Karnali Traders

पार्टीलाई बलियो र सुदृढ बनाउन आफूले उपसभापतिमा उम्मेद्वारी दिएको बिष्टले प्रष्ट पारे । सगुन खबर बाट सभार

Total
124
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
124
Share