Bedkot Samudayik Ban

बैतडी जिल्लाबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भानुभक्त जोशीको केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी !!

Sana Kishan
Total
110
Shares

चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीले नेपाली कांग्रेसको केन्द्रिय प्रतिनिधि पदमा उम्मेद्वारी दिनुभएको छ । बैतडी जिल्लाबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको हो ।

Arus

बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तडमा जन्मिएका भानुभक्त जोशीले गीत संगीत क्षेत्रमा एक दशक बढी योगदान दिएर थुप्रै लोक तथा देउडा गीतहरु रचना गर्नुका साथै रेकर्डिङ समेत गरिसक्नुभएको छ । उहाँ आफ्नो फेसबुकमा लेख्नुहुन्छ यहाँहरुका बिचमा निरन्तर रुपमा एक दशक देखि कलम चलाउदै आइरहेको छु । मुलुकको नयाँ परिवर्तन र नयाँ संविधान अनुरुप गणतान्त्रिक मुलुक नेपालको १४ औँ महाधिवेशनमा नयाँ ढंगले अगाडी बढ्ने छौँ । बसैदेखि यहाँहरुजस्ता लोकतन्त्रवादीका विचमा रहेर देशको मुहार फेर्ने सपना गीत, संगीत, पुस्तक, चलचित्रमार्फत पोखिएको र अव अग्रज पुस्ताहरुले सुरु गरेको विकासको गति सामाजिक विकासको यात्रालाई अग्रता दिने समेत बताउनुभएको छ ।

युवाहरुको सपना, जेष्ठ नागरिकको सामाजिक सुरक्षाका विचबाट इतिहासको गति अगाडी बढाउनु आजको आवश्यकता रहेको समेत उहाँले बताउनुभएको छ । नयाँ अवधारणा अनुरुप पुरै राज्यलाई विश्वसामु समृद्ध र आसलग्दो बनाउनु छ यो अभिभारा युवाको काधमा आएको र यो अभिभारा पुरा गर्न संकल्प अठोट र प्रतिवद्धता समेत गर्नुभएको छ । यहाँहरुको विश्वासलाई कहिले झुक्न नदिने र लुक्न नदिने पवित्र बाचा समेत गर्दै अमूल्य भावना प्राप्त हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । उपहार खबर बाट सभार

Karnali Traders

Total
110
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
110
Share