Bedkot Samudayik Ban

करेन्ट लागेर डोटीमा एक जनाको मृत्यु

Sana Kishan
Total
48
Shares

डोटी– डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–९ छोयाकी ३० वर्षीया राधिका रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Arus

सोही नगरपालिकाको वडा नं. ११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए ।

यस्तै, करेन्ट लागेर सोही वडाका एक जना सोही समयमा घाइते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन् । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
48
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
48
Share