Bedkot Samudayik Ban

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार तेस्रो जित

Sana Kishan
Total
72
Shares

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ ।

Arus

यूएईमा गएराति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

यस्तै आसिफ अलीले ७ बलमा अविजित रहँदै २५ रन बनाए भने फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहम्मद हाफिजले १० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

Karnali Traders

अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजित रहे ।

यस्तै नाजिब उल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए भने अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०÷१० रन बनाए। उज्यालो अनलाइन बाट सभार

Total
72
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
72
Share