Bedkot Samudayik Ban

डीलासैनी विकासका लागि नेपाली कांग्रेस डीलासैनी गाउँपालिका द्वारा प्रधानमन्त्री संग माग

Sana Kishan
Total
66
Shares

बैतडीको डिलाशैनी गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न १३ वटा मागहरु पेश गरिएको छ । डिलाशैनीका १३ वटा मागहरु सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको नेपाली कांग्रेश डिलाशैनी गाउँकार्यसमिति सभापती जयानन्द जोशीले जानकारी दिनुभयो ।

Arus

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई त्रि.बि. को आगिंक क्याम्पस बनाउन र सेटिगाउँ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस बनाउन माग गरिएको छ । यस्तै डिलाशैनीभरी विद्युतिकरण र सञ्चार सेवा विस्तार, वडा नम्बर २ वा ३ मा स्नातक तहको प्राविधिक कलेज स्थापना, विभिन्न सडकखण्डहरुको स्तरोन्नती, तटबन्ध निर्माण, सिचाई नहर, पहिरो नियन्त्रण, खानेपानी आयोजना सञ्चालन लगायतका विभिन्न मागहरु पेश गरिएको जोशीले बताउनुभयो ।

कुनै राजनीतिक पार्टीमा नहुँदा समेत जोशीले गाउँपालिका हितका धेरै कार्यहरू गर्दै आइरहेका थिए भने नेपाली कांग्रेसको अधिवेशनबाट गाउँपालिका सभापतिमा निर्वाचित भएका जोशीले अहिले प्रधानमन्त्री सामु गाउँपालिका र समग्र बैतडीको हितको मागहरु राख्नु भएको छ। गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका अध्यक्ष भए पनि विकास गर्न नसकेको उहाँको गुनासो रहेको छ।गापालिकामा विकास भन्दा आफ्नहरुलाई गाउँपालिकामा भर्ती गर्ने र विकास योजनाका कार्यहरू समेत आफ्नो कार्यकर्ताहरुलाई दिने गरेको नेपाली कांग्रेस डीलासैनी गाउँकार्य समितिले जानकारी दिनुभएको छ।

Karnali Traders

Total
66
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
66
Share