सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ७ सर्त नमानेमा आर्यनको जमानत हुने छ रद्द

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बई हाइकोर्टले बिहीबार सर्तसहित जमानत दिएको छ।

हाई प्रोफाइल क्रुज ड्रग्स पार्टीमा समातिएका आर्यनले २५ दिनपछि जमानत पाएका हुन्।

हाईकोर्टमा आर्यनको मुद्दामा उनको पक्षमा पैरवी गरेका मुकुल रोहतगीका अनुसार अदालतले आर्यनको जमानतको फैसला गरेपछि खुशीले शाहरुखको आँखा रसाएका थिए।

World Link Ads
Mahakali Polytechnic

आर्यनले जमानत पाए पनि अदालतको ७ वटा सर्त भने मान्नुपर्ने हुन्छ। अदालतले आर्यनलाई निम्न सर्तसहित जमानत दिएको हो,

Dirghayu Ads

१. आर्यन यस मुद्दाका अरु आरोपीसँग सम्पर्क गर्ने छैनन्।

२. यो मुद्दाका प्रमाणलाई छेडछाड गर्ने छैनन्।

३. आफ्नो पासपोर्ट स्थानीय पुलिस स्टेसनमा बुझाउनेछन्।

Sana Kishan

४. मिडियामा कुनै बयान दिने छैनन्।

५. अदालतको अनुमतिबिना देश छाड्ने छैनन्।

६. जतिबेला आवश्यक पर्छ एनसिबीलाई सहयोग गर्ने छन्।

७. यीमध्ये कुनै पनि सर्त नमानेमा जमानत रद्द गरिनेछ।

आर्यनको मुद्दामा शाहरुखले पनि आफूलाई सहयोग गरेको पनि उनले बताए।

रोहतगी भारतका पूर्व महान्यायाधिवक्ता पनि हुन्। रोहतगीभन्दा अघि आर्यनको मुद्दामा वरिष्ठ वकिल सतीस मानसिन्दे र अमित देसाईले वकालत गरेका थिए।

दुवैले जमानत दिलाउन नसकेपछि शाहरुखले रोहतगीलाई मुद्दा सुम्पिएका थिए।  थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.