सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीः सांसद दामोदर भण्डारीको टोली ढुंगाडमा, बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

बैतडी– बैतडीका एमाले सांसद दामोदर भण्डारीसहितको टोलीले सिगास गाउँपालिकाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भण्डारीसहित एमाले बैतडीका नेताहरुको टोली शुक्रबार ढुंगाडमा बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझेका हुन् । टोलीमा सांसद भण्डारीसहित प्रदेश कमिटी सदस्य पुष्करराज जोशी, एमाले बैतडीका नेता रमिल बम र जस्बिर बोहरा रहेका छन् । सांसद भण्डारीसहितको टोलीले सिगासको चमडेखर्क, साउनखेत लगायतका ठाउँमा पनि निरीक्षण गरेको छ । त्यस ठाउँका स्थानीयले पक्की तटबन्ध वा सुरक्षित ठाउँमा व्यवस्थापनका लागि पहल गर्न माग राखेका छन्। बिहीबार सिगासको बिभिन्न बाढी पहिरो प्रभावित क्षेत्रतर्फ गएका एमाले नेताहरु शुक्रबार पिडीत किसानहरु संग भेट घाट गरिरहेका छन् । सिगासका अन्य बाढी प्रभावित ठाउँमा पनि पुग्ने उनीहरुको योजना छ । यता ढुंगाडका बाढीपीडितहरुले भने प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकप्टरमा आएर छिट्टै राहत दिन्छु भनेपनि अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन् । बाढीले ढुंगाडको ९५ प्रतिशत खेतीयोग्य जमिनमा क्षति पुगाएको छ । ढुंगाडका खेतहरु नदीले बगरमा परिणत गरेको छ। रेडियो बैतडी बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.