सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दसैँमा समेत अवरुद्ध रहेका बैतडी जिल्लाका ग्रामीण सडक पुनः अवरुद्ध

106
Sana Kishan

बैतडी – दसैँमा समेत अवरुद्ध रहेका बैतडीका ग्रामीण सडक पुनः अवरुद्ध भएका छन्। वर्षाको समयदेखि बन्द रहेका ग्रामीण सडक दसैँमा पनि खुलेका थिएनन्। गत असोज ३१ गतेदेखि यही कात्तिक ३ गतेसम्म भएको अविरल वर्षाका कारण फेरि यहाँका अधिकांस ग्रामीण कच्ची सडक अवरुद्ध भएका हुन्।

वर्षाले अवरुद्ध जिल्लाको छेला दुर्गाभवानी सडक, ढोल्यामोड–हाट सडक, सतबाँझ–सुर्नया, दुदिलाखान गाँजरी सडक, अनारखोली कैलपाल सडक, सिल्लेगडा–कटौजपानी सडक, ढुङगाड–गर्जे, सिल्लेगडा–रिमलगायतका सडक अझै सुचारु हुन सकेको छैन्। सडक सञ्चालनमा नआउँदा सवारीसाधन सञ्चालन र खाद्यान्न ढुवानीमासमेत समस्या भएको छ।

Arus

सडक अवरुद्ध तथा हिलाम्य हुँदा जीप सञ्चालनमा समस्या भएको जीप चालक वीरेन्द्र महराले बताए। सतबाँझ–सुर्नया सडकको कतिपय ठाउँमा हिलोका कारण यात्रुलाई जीपबाट उतारेर धक्का लगाइ अगाडि बढाउनुपर्ने बाध्यता रहेको छ। सडक अवरुद्ध भएपछि अत्यावश्यक सेवा, खाद्यान्न सामान ढुवानी गर्न र आवतजावतमा समस्या भएको छ। ग्रामीण सडक सञ्चालनमा ढिलाइ हुँदा दसैँ मान्नका लागि गाउँ आएकालाई फर्किन समेत सकस भएको छ।

Nepali Khaja

सम्बन्धित निकायले समयमै सुचारु गर्ने प्रयास नगरिदिँदा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । स्थानीय तहले डोजर लगाएर खनेका अधिकांश सडक अवरुद्ध बनेका स्थानीयवासीले बताएका छन्। सडक खुलाउन अझै कहीँकतैबाट प्रयास नभएको समेत स्थानीयवासीको गुनासो छ।

Karnali Traders

सडक बन्द ग्रामीण भेगका बजारमा व्यापारीले हरेक सामानको मूल्य वृद्धि गरी बिक्रीवितरण गर्ने गरेका छन्। यातायातका साधन बन्द हुँदा खच्चर तथा भरियामार्फत व्यापारीले सामान ढुवानी गर्ने गरेका र हरेक सामानमा महँगी भएको नागरिकले गुनासो गरेका छन्। ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत महगिएको दोगडाकेदार गाउँपालिका– १ रिमका स्थानीय बासिन्दा कृष्ण साउदले जानकारी दिए।

वर्षात्का कारण उक्त सडकखण्ड विभिन्न ठाउँमा भत्किएको छ, भने कुनै ठाउँमा माथिबाट पहिरो आएको छ । स्थानीय व्यापारीले भरियामार्फत सामान ढुवानी गर्ने गरेका छन्। उनले भने, “सडक सञ्जाल विस्तार भए पनि रिमवासीले अहिले पैदलयात्रा गर्नुपर्ने बाध्यता छ भने दसैँ तिहारका लागि गाउँ फर्किने सिल्लेगडाबाट झण्डै ५ घण्टाको पैदलयात्रा गरी घर पुग्ने गरेका छन्,सामानको मूल्य पनि बढेको छ। ”

स्थानीय तहले आफ्नो मातहत रहेका कच्ची सडक सञ्चालन गर्न ढिलाइ गरेका हुन्। यता जनप्रतिनिधिले भने ग्रामीण सडक खुलाउने कार्य भइरहेको बताएका छन्। शिवनाथ गाउँपालिकामा अवरुद्ध रहेका सडक खुलाउनका लागि डोजरको प्रयोग गरिएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताए।

यस्तै अन्य स्थानीय तहले पनि सडक खुलाउने कार्य भइरहेको जनाएका छन्। असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म अविरल वर्षाका कारण बैतडीमा चार जनाको मृत्यु भएको छ भने करोडौंको धनमालमा क्षति पुगेको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.