सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा लगातार नेपालको  दोस्रो हार

33
Sana Kishan

एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

गएराति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो । ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोट समूह चरणबाटै बाहिरिएको छ ।

Arus

ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक÷एक गोल गरे । छनोटको समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

Nepali Khaja
Karnali Traders

ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल आइतवार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् । उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.