सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोकुलेश्वर कृषि क्याम्पस लाई त्रि.बि. आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री देउवा समक्ष नेता लेखकको माग

नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेका छन। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता लेखकको नेतृत्वमा गोकुकेश्वर क्याम्पसका ब्यवस्थापन समितिका पदाधिकारी , क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेर बहादुर देउवा सङ्ग भेट गरि सो माग राखेका हुन।

भेटका क्रममा नेता लेखकले सुदुर पश्चिम्को दुर्गम क्षेत्र बैतडीमा सामुदायिक रुपमा स्थापित पहिलो कृषि क्याम्पस गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन सके त्यस क्षेत्रका गरिव र बिपन्न छात्र छात्राहरुले सहज रुपमा प्राबिधिक शिक्षा पढन पाउने भएकाले आंगिक क्याम्पस निर्माणको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका थिए।जबाफमा प्रधानमन्त्री देउवाले बर्तमान सरकारको दुर्गम क्षेत्रमा शिक्षा , स्वास्थ्य लगायत प्राबिधिक शिक्षालाय स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा रहेकाले गोकुकेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए।

Sana Kishan

लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस बैतडीका पुर्व सभापति शिबराज भट्ट , क्याम्पस प्रमुख प्रमानन्द जोशी, क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष नवराज पाण्डे , ने. बि.संघका पुर्व केन्द्रीय सदस्य जनक भट्ट ,नेपाली कांग्रेस डिलासैनी गाउपालिका सभापति जयानन्द जोशी, स्वबियु सभापति राजेन्द्र बम ,सेठीगाउ क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र प्रसाद जोशी लगायत सहभागीता रहेको थियो। बि.स.२०६७ मा सम्बन्ध प्राप्त गोकुलेश्वर कृषि क्याम्पसको समुदघाटन २०६९ सालमा बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए। हाल क्याम्पसमा १७१ जना विद्यार्थी अध्ययनरत छन । भेटकै क्रममा गोकुकेश्वरमा नै रहेको सेठीगाउ क्याम्पसलाई पनि सुदुर पश्चिम् बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रतिनिधि मण्डलले माग गरेको थियो।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.