सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिलामाथि बोक्सीको आरोपमा  कुटपिट : प्रहरीद्वारा मिल्न दवाव

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट भएको छ। विराटनगर महानगरपालिका ८ की ५४ वर्षीया रफिना खातुन बोक्सीको आरोपमा निर्घात कुटिएकी हुन्।

उनलाई आफ्नै छिमेकीले बिहान घरमा चिया खाइरहेका बेलामा चारजना आएर गत असोज १९ गते कुटपिट गरेका थिए। घरेलु हतियारले हान्दा उनको हातको औंला भाँचिनुको साथै जिउभरि गहिरो चोट लागेको छ।

पीडित रफिया खातुनले पत्रकार सम्मेलनमा भनिन्, ‘श्रीमान बजार गएका थिए। घरमा आएर नातिनीलाई टुनामुना गरेको भन्दै स्थानीय हविबुल मिया सहित उनका ज्वाईं मुस्तकिम मियाँ र छोराहरु कविर र सगीरले कुट्न थाले।’ घरमा कोही नभएको बेलामा बोक्सी भन्दै गालीगलौज गर्दै कुटेको उनले बताइन्।

World Link Ads
Mahakali Polytechnic

आफूलाई केही थाहा नभएको बेलामा हविबुलले छोरी पट्टीको नातिनीलाई बोक्सी मन्त्र गरेर मारेको भन्दै कुटपिट गरेको उनले बताइन् । ‘मेरी नातिलाई मार्न लागेको, गाउँमा अरुलाई पनि बोक्सी मन्त्र लगाइस् संकटमा पारिस् भन्दै जथाभावी कुटपीट गर्न थाले,’ पीडित रफियाले भनिन्, ‘घरेलु हतियारले हान्दा मेरो हातको औंला भाँचिएको छ।’

Dirghayu Ads
Sana Kishan

उनले आफूमाथि लठ्ठी र बाँसको भाटाले हानिएको बताइन्। बोक्सी आरोपमा कुटिएकी रफिनाको जेठो छोरा इटहरीको मोटरसाइकल शोरुममा काम गर्छन् भने कान्छा छोरा फिदा हुसैन रोजगारीको लागि कतारमा छन् । ‘कुट्न आउने बेलासम्म मलाई केही थाहा थिएन , कुटेर गएपछि मात्र बोक्सीको आरोपमा कुटेको थाहा पाएँ,’ उनले भनिन्।

उनले आफूलाई झुट्टा आरोप लगाएर कुटपिट गर्नेमाथि कानूनी कारवाही गर्न पनि माग गरेकी छन्। उजुरी गर्न प्रहरीमा जाँदा प्रहरीले मिल्न दवाव दिने गरेको बताइन्। जिल्ला प्रहरी कार्यालयमा उजुरी जाहेरी चारैजना विरुद्ध दिएकी थिइन् तर प्रहरीले जाहेरी नआएको भन्दै मिल्न दवाव दिएको उनको गुनासो छ। जाहेरी दिएर पछि प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी नदिएको भन्दै अर्को दिन छलफलमा बसेर मिल्न भनेपछि अर्को जाहेरी हुलाक मार्फत प्रहरीमा पठाएको उनले बताइन्। लामो समय हुँदा पनि प्रहरीले कुनै वास्ता नगरेको उनको भनाइ छ।

उनको श्रीमानलाई बिहीबार बिहान प्रहरीले बोलाएको र मिल्न दवाव दिएको थियो । सोही कारणले पत्रकार सम्मेलन गरेको उनले जानकारी दिइन्। पीडित खातुनले भनिन्, ‘नमिले उल्टै मुद्दा चलाउने धम्की प्रहरी र पीडकले दिने गरेका छन्। म कसरी बोक्सी भएँ ?’, उनले भनिन्, ‘मलाई एक्कासी नभएको आरोप लगाएर, बेइज्जत गर्ने, कुट्ने अनि मिल्ने दवाव दिने प्रहरीको शैली राम्रो लागेन।’ उनले प्रहरीले पनि दोषीलाई कारबाही गर्न अग्रसरता नलिएको बताइन्।

मोरङ प्रहरी प्रमुख प्रवक्ता दिपक श्रेष्ठले सुरुमा बाख्रा छिरेको विषयमा छिमेकी–छिमेकी बिच झगडा भएको र घाउ जाँचको निवेदन आएको बताए। त्यसपछि हुलाकबाट जाहेरी आएपछि जाहेरीको सनाखत गर्नु पर्ने भएकाले बोलाउँदा नआएपछि प्रहरीले जाहेरीलाई सनाखत गर्न बोलाएको जानकारी दिए। सनाखत भएपछि जाहेरीको अधारमा कानुनी कारवाही हुने उनले बताए । उनले भने, ‘हुलाकबाट आएको जाहेरीको सनाखत भएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं।’ जितेन्द्रनारायण ठाकुरले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.