सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैदेशिक रोजगारी : असोजमा मात्रै झण्डै ४० हजारले लिए श्रम स्वीकृति

चाडपर्वको समयमा पनि काम गर्न विदेश जानेको संख्यामा कमी आएको छैन । असोजमा मात्रै वैदेशिक रोजगारीमा जानको लागि झण्डै ४० हजार नेपालीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ३७ हजार दुई सय ८ पुरुष र २ हजार ४ सय ६३ महिला गरि ३९ हजार ६ सय ७१ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये २७ हजार ८ सय २४ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका विभागले जनाएको छ । यो नेपाल सरकारले तोकेका विभिन्न ७३ वटा श्रम गन्तव्य देशमा जानेहरुको संख्या हो ।

Sana Kishan

वैदेशिक रोजगारीको लागि अहिले धेरैको रोजाइमा साउदी अरेबिया छ । असोजमा साउदीमा मात्रै १३ हजार तीन सय ५४ जना गएका छन् । यस्तै कतार जानको लागि ७ हजार ९ सय ६ र यूएईमा जान ४ हजार ३ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालीहरुको रोजाइको मुख्य गन्तव्य देशमध्येको मलेसियामा भने कोरोना महामारीपछि नेपालबाट श्रमिक जान पाएका छैनन् । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.