सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बाघको आतङ्क : एकै दिन किसानको तीन बाख्रा खायो !!

बैतडी- जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ३ मा बाघले आतंक मच्चाएको छ । करिब एक हप्ता देखि बाघले आतङ्क मचाएपछि स्थानिय बासि त्रसित बनेका छन् ।

गाउँमा दिन दहाडै बाघले गाउँमा पसेर पशु चौपाया मारेर खान थालेपछि स्थानीय बासी त्रसित बनेका हुन् । जनावर मात्रै नभई मान्छे लाई पनि आक्रमण गर्न सक्ने डरले त्रसित भएको स्थानीयको भनाइ छ ।

Sana Kishan

बुधबार दशरथचन्द नगरपालिका ३ कन्सना बस्ने कृषक गोपाल नाथको तीन वटा बाख्रा बाघले मारेको थियो । करीब ४ दिन अगाडि दनपा ३ बरकुराली बस्ने किसान अन्तराम नाथकाे एक बाख्रा खाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

यसरी मिहेनत गरी पालेका जीवजन्तु बाघले खाई दिँदा गरीब किसान समस्यामा परेको पीडित किसान बताउँछन् । बाघले गरेको क्षतिपूर्तिको लागि पहल गरिदिनुहुन सरोकारवाला निकायसंग पीडित परिवारले माग गरेको जानकारी प्रेस युनियन बैतडी शाखाका कोषाध्यक्ष धन बहादुर क्षेत्री जगदिशले जानकारी दिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.