सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

उपत्यकाको तापक्रम घट्न थाल्यो, यी क्षेत्रमा बदली

59
Sana Kishan

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै जान थालेको छ । मंगलबार र बुधबारको तुलनामा आज तापक्रम कम भएसँगै चिसो महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार १२ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो ।

Arus

काठमाडौँमा घाम लाग्ने र बादल लाग्ने भइरहे पनि वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । ‘अब रातको समयमा आकाश खुला हुने र शीत पर्ने हुँदा चिसो बढ्दै जान्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘मौसम खुल्दा तापक्रम घट्छ भने बदली रहँदा सामान्यतया घटबढ हुँदैन ।’

Nepali Khaja

आज देशभर आंशिक बदली रहेपनि वर्षाको सम्भावना भने छैन । ‘पानी पार्ने उल्लेखनीय कुनै मौसमी प्रणाली छैन । स्थानीय वायुको प्रभाव रहेकाले यो पानी पर्न लागेपछि आफैँ हराएर पनि जान्छ,’ उनले भनिन् ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आज
दिउँसोः देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Karnali Traders

रातीः देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

शुक्रबार
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ ।मकालु खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.