सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असई र प्रहरी जवानको हत्या गर्ने ९ जनालाई जन्मकैद

अत्तरिया – कैलालीमा प्रहरी सहायक निरिक्षक असई र प्रहरी जवानको हत्याको अभियोगमा पक्राउ परेका ९ जनालाई जम्मकैदको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश कैलालीका जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

Sana Kishan

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको छ । राजिव गुप्ताले भने सफाई पाएका छन्।
उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.