सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए । न्यायालयमा असहज परिस्थिति बनेको उनको भनाइ छ ।

Sana Kishan

‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन,’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सिफारिसमा उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश जबराको विषयमा चर्को आलोचना भइरहेको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.