सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न्यायालयमा यति ठूलो विकृति, भ्रष्टाचार यसअघि कहिल्यै भएको थिएन : संविधानविद् भीमार्जुन आचार्य

संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आज मङ्गलवार नेपाल पत्रकार महासङ्घले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक–पटक मौका दिँदा पनि नसुध्रिएको भन्दै न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको हो ।

न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको उहाँको भनाइ छ । प्रधानन्यायाधीशले न्यायालयमा गुटबन्दी गर्ने, स्वार्थका मुद्दा आफैँले हेर्ने लगायतका काम गरेको संविधानविद् आचार्यले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

उहाँले भन्नुभयो, ‘यति ठूलो विकृति, यति ठूलो भ्रष्टाचार, अनियमितता नेपालको न्यायालयमा यो भन्दा पहिले कहिल्यै पनि भएको थिएन । न्यायालयलाई गुटबन्दीमा प्रश्रय दिने काम गरियो । आ–आफ्नो स्वार्थको मुद्दा उहाँले अमुक इजलासमा तोक्न थाल्नुभयो, आफूले हेर्न थाल्नुभयो । आफ्नो गुटलाई संरक्षण गर्ने, त्यही खालका मुद्दाहरू उहाँले तोक्ने, बाँकीलाई अपहेलना गर्ने गर्न थाल्नुभयो । उहाँलाई मौका दिएको, सुध्रिने चान्स नदेखेपछि अब बढी क्षति हुन नदिनका लागि, क्षतिलाई नियन्त्रण गर्नका लागि पनि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढङ्गले सञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भूमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकाले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनी प्रश्न गर्नुभयो । प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीशलाई बाइपास गर्ने, पेसी व्यवस्थापनमा गडबड गर्ने लगायतका काम गरेको उहाँले बताउनुभयो ।

Sana Kishan

मानव अधिकारकर्मी मोहना अन्सारीले न्यायपालिकाको गरिमाको रक्षा गर्न नसक्ने नेतृत्वले बाटो खोलिदिनुपर्ने बताउनुभयो । त्यस्तो नेतृत्वले बाटो खोल्नु उसको दायित्व भएको पनि उहाँले बताउनुभयो । अन्सारीले भन्नुभयो, ‘न्यायपालिकाको नेतृत्वले न्यायपालिकाको गरिमाको रक्षा गर्न सक्दैन भने बाटो खोल्ने उसको आफ्नो पनि दायित्व होला । आफूले पनि त्यो बाटो खोलिदिनुपर्छ ।’

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री बार्गेनिङ गरेर फैसला गर्न प्रधानन्यायाधीशलाई ठाउँ दिने राजनीतिक दल र नेताहरूमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी छलफलमा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा किन आवश्यक छ भन्ने सम्बन्धमा स्पष्ट पार्न नेपाल बार एसोसिएशनले श्वेत पत्र जारी गर्नुपर्ने बताउनुभयो । राजनीतिक दलहरू पनि उम्किन नमिल्ने भन्दै उहाँले प्रधानन्यायाधीशमाथि संसदमा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष दाहालले संसदमा छलफल हुनुपर्ने र संसद्लाई चलाउनमा जोड दिनुभयो । संसद्लाई चलाउनका निम्ति सभामुखको भूमिका प्रमुख रहेको उल्लेख गर्दै उहाँले सभामुख र प्रतिपक्षको सम्बन्ध सुधारका निम्ति पत्रकार महासङ्घ, नागरिक समाज लगायतले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.