सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वायुसेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Sana Kishan

त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालक समितिको अध्यक्षमा रविन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत हस्तान्तरण गर्ने कार्यविधि ०७८ समेत स्वीकृत गरेको छ । ekantipur.com बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.