सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ

८ कात्तिक, जनकपुरधाम। महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ बाट मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १२ प. १४४९ नम्बरको मोटरसाईकलमा सबार बर्दिबास नगरपालिका १ बस्ने ३२ वर्षीय पंकज साह र सोही ठाउँका ३१ वर्षीय रंजित थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक्सिप्लोन १०० एमएलको ११ वटा बोतल, स्पास्मो प्रोक्सिभोनको १६ पत्ता ट्याब्लेट र नाइट्राभेट ६० पत्ता ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै औरही नगरपालिका–४ कबिलासाबाट लागूऔषधसहित एक जना पैदल यात्रीलाई पक्राउ गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भइ बर्दिबासमा डेरा गरी बस्ने २९ बर्षीय जीवन तामाङलाई नाइट्राभेट–१० नामक ट्याब्लेट १ सरय ५० थान, डाइजेल्याब ३ थान र फेनार्गन ३ थानसहित पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.