सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: शिवनाथ गाउँपालिकाद्वारा पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

बैतडी– बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरेको छ । गाउँपालिकाको वडा नं ६ बसेडीमा यही कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो । मृतकका परिवारलाई ५० हजारका दरले नगद १ लाख ५० हजार रुपैयाको चेक राहत स्वरुप उपलब्ध गराइएको गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।

सोमबार बिहान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरे बमोजीम राहत प्रदान गरिएको उनले बताइन् ।

पीडित परिवारको घरमै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, उपाध्यक्ष कुस्मा चन्द लगायतको टोली पुगेर राहत वितरण गरिएको हो । यस्तै पीडित परिवारलाई यसअघि नै पालिकाका तर्फबाट खाद्यान्न सामग्री वितरण गरिसकिएको उपाध्यक्ष चन्दले बताइन् ।

World Link Ads
Mahakali Polytechnic

पहिरोले घर लगेपछि अहिले पीडित परिवारको आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् । उनीहरुको उचित बसोबासका लागि पनि पालिकाले पहल गर्ने उपाध्यक्ष चन्दले बताइन् । उनले भनिन् ‘पाए सम्म जमीन खोज्न भनेका छौं । जमीन नपाए बाँझो जमीन उपयोग गरेरै भएपनि पीडित परिवारको बसोबासको व्यवस्था गर्छौं ।’

Dirghayu Ads
Sana Kishan

तत्काल राहत कार्यविधि अनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको शिवनाथ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अन्य ठाउँमा पनि पहिरोले क्षति पुर्याएकाले स्थलगत रुपमै अनुगमन निरीक्षण र तथ्यांक संकलनको काम भईरहेको बताइएको छ । तथ्यांक संकलन पछि पीडित परिवारलाई पालिकाका तर्फबाट उचित राहत दिने उपाध्यक्ष चन्दले बताइन् ।

यसअघि शनिबार मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले पनि पहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती नेतृत्वको टोली पीडितको घरमै पुगेर १ लाख २० हजार किरिया खर्च उपलब्ध गराएको थियो । संघीय सरकारले दिने राहत रकमबाट उनीहरुलाई किरिया खर्च उपलब्ध गराइएको हो ।

गत साता परेको अविरल बर्षाले खसेको पहिरोमा पुरिएर शिवनाथका ३ र सुर्नयाका एक जना गरी बैतडीमा चार जनाको निधन भएको थियो । पहिरोका कारण कैंयौका घरखेत बगेका छन् भने धेरै नागरिक घरबार विहिन भएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.