सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा बेसौसमी बर्षाका कारण करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा पूर्ण क्षति

बेमौसमी बर्षाका कारण सबै भन्दा बढी मारमा किसानहरु परेका छन् । दशैको बेला हतारहतारमा काटेर सुकाएको धानबाली भित्र्उन नपाउदै ३ दिन सम्म परेको लगातारको बर्षाका कैलालीका किसानहरुको करोडौको धानबाली नष्ट भएको छ ।

धान उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा बेमौसमी बर्षाका कारण करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रुपमा क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले प्रारम्भीक तथ्यांक हेर्दा २१ हजार हेक्टरको धानबाली पूर्ण रुपमा नष्ट भएको बताए । लामो समय पानीमा रहेकाले धान टुसाउन थालेको उनले बताए । कैलालीमा ७० हजार हेक्टरमा धानबाली लगाइन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ज्ञान केन्द्रका अनुसार प्रतिहेक्टर औषत ४५ क्वीन्टल धान उत्पादन हुने गरेको छ । उत्पादकत्वका आधारमा करिब साढे नौ लाख क्वीन्टल धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्वीन्टल धान दुई हजार रुपैयाँका दरले हिसाब गर्दा पनि धानबालीमा वर्षाले करिब दुई अर्ब रुपैयाँको क्षति भएको शर्माले बताए ।

तोरी, मसुरो, आलुसमेतमा गरी करिब तीन अर्बको क्षति भएको अनुमान रहेको उनले जानकारी दिए । कुल धानबाली लगाउने क्षेत्रमध्ये ५० प्रतिशतमा भित्र्याइसकेको र १५ प्रतिशतजति काट्न बाँकी रहेको ज्ञान केन्द्रले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.