सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: पहिरोबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च

बैतडी –जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले पहिरोले घर पुरिँदा मृत्यु भएकाका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । यही कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका ५ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट एकमुष्ट १ लाख २० हजार किरिया खर्च उपलब्ध गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

शनिबार गाउँमै पुगेर मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको उनले बताए । मृतकका परिवारलाई थप राहत पनि दिइने उनले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै पहिरोमा पुरिएर मृत्यु भएका सुर्नया गाउँपालिका ५ की परुदेवी महराका परिवारलाई पनि केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यही असोज ३१ गते रातीदेखि ३ दिन सम्म परेको अविरल बर्षाका कारण बैतडीमा ४ जनाको मृत्यु भईसकेको छ भने कैयौंका घरखेत नष्ट भएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.