सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी–पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न प्रदेश १ का विभिन्न जिल्ला जाँदैछन्।

प्रधानमन्त्रीको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की‚ ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल‚ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ रहने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

Sana Kishan

टोलीले इलाम‚ पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरक्षण गर्ने कार्यक्रम रहेको छ। यस्तै‚ इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीबाट जिल्लामा भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको छ।

World Link Ads
Mahakali Polytechnic

यस्तै‚ कोशी नदी तथा चुरे क्षेत्रबा६ उत्पत्ति भएका खोलानालाबाट पारेको असरबारे सुनसरीको पकलीस्थित ब्यारेकमा सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.