सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा पक्राउ परेका २२ जुवाडे सार्वजनिक : नामावली सहित !!

डडेल्धुरा :  डडेल्धुरा प्रहरीले चर्को आलोचना भएपछि पक्राउ परेका जुवाडेको नाम तीन दिनपछि  सार्वजनिक गरेको छ। कार्तिक ३ गते बुधबार राति डडेल्धुरा प्रहरीले जुवाखालबाट अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्टसहित २२ जनालाई पक्राउ गरेको थियो।

जिल्लाको अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ। ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको थियो।

प्रहरी प्रधान कार्यालयले बिहीबार पक्राउ परेका २२ जना मध्ये अमरगढी नगरपालिका–४ बस्ने ५० वर्षीय ईन्द्रबहादुर थापाको नाम मात्रै सार्वजनिक गरेको थियो। तर, प्रहरीको चर्को आलोचना भएपछि प्रहरीले बाध्य भएर शुक्रबार नाम सार्वजनिक गरेको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पक्राउ पर्नेमा इन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोवीन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, इश्वर भट्ट, बीरबहादुर साँकी, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्र प्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र चन्दले बताए।

प्रहरीले उनीहरूमध्ये केहीलाई तारेखमा छाडेको बताएको छ। जसमध्ये अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्ट पनि रहेका छन्। भट्टलाई पहुँचको भरमा छोडेको स्थानीयले आरोप लगाएका छन्।

 

(unitykhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.