सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चौलानी नदीमा बगेर बेपत्ता भएका बैतडीका दुईजना अझै फेला परेनन् !!

बैतडी – माछा मार्ने क्रममा चौलानी नदीमा बगेर बेपत्ता भएका गोपाल ओड अझै फेला परेका छैनन् । जिल्लाको डिलाशैनी गाउँपालिका ५ गडीखेतका २९ बर्षीय ओड यही कार्तिक २ गते माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।

नदीमा बाढी आएपछि बगेर ओड बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका ओडको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

Sana Kishan

यस्तै नदीमा हाम फालेर बेपत्ता भएकी जयन्ती बिष्ट पनि फेला परेकी छैनन् । डिलाशैनी गाउँपालिका ४ घर भएकी जयन्तीले यही कार्तिक २ गते जमाडी नदीमा ५ बर्षीय छोरा सहित हाम फालेकी थिइन् ।

World Link Ads
Mahakali Polytechnic

जयन्तीका ५ बर्षीया छोराको भने बिहीबार शव फेला परेको भएपनि जयन्तीको अवस्था भने अज्ञात रहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

 

(sagunkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.