Bedkot Samudayik Ban

ओलीले भने साठगाँठ गर्ने हो भने यो सरकार एक हप्तामा ढाल्छौं !!

Sana Kishan
Total
10
Shares

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा अत्यधिक मत लिएर जित्ने बताएका छन्। बागमती प्रदेश अधिवेशन आयोजक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले माधव नेपालप्रति लक्षित गर्दै एमाले सिध्यायौँ भनेर प्रचार गरिएपनि एमाले झन् बलियो भएको बताए। उनले यो सरकारसँग काम गर्ने हुती नै नभएको बताए।

Arus

उनले भने, ‘झन एमाले ठूलो छ, बलीयो छ। हाँगा हालेर झाँगिएको छ। मुन्टो निमोठ्यौँ भन्थे झन् हाँगा हालेको छ।’ उनले एमालेका कार्यकर्तामा उत्साह छाएको र अबको चुनावमा जित्ने बताए। उनले भने,‘हामीले देशको विकासका लागि थुप्रै रेकर्डहरु कायम गरेका छौं। एमालेले विकासका आयामहरु फैलाएको छ।’

उनले आम जनताको मनमनमा एमाले आउने बताए। उनले भने, ‘वृद्धभत्ता भन्ने बित्तिकै एमालेको नाम आउँछ। स्वास्थ्य प्रणाली सुदृढ कसले गर्यो भन्दा एमालेको सरकारले।’ उनले भने, ‘नेकपा एमालेलाई हल्याउन पर्यो भने देश विदेशका सारा शक्तीले होस्टे होस्टे गरेपनि सक्दैनन्। यो सरकारको जस्तै सांठगांठ गर्ने हो भने यो सरकार एक हप्ताभित्र ढाल्न सक्छौं। हामीलाई त के छ र सिँगै आएको हो।’

 

Karnali Traders

(अन्नपूर्ण पोष्टबाट साभार)

Total
10
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
10
Share