Bedkot Samudayik Ban

अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ !!

Sana Kishan
Total
16
Shares

काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर भएका ३५ वर्षीय निलम भट्टराई रहेको प्रहरीले जनाएको छ ।

Arus

भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजन पत्रकारसमेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

Karnali Traders

जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई १५ लाख रुपैयाँ रकम बुझाउनुपर्ने भनी पटक–पटक गरी १४ लाख ५० हजार रुपैयाँ लिइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

पीडितलाई काठमाडौं बोलाएपछि भट्टराई सम्पर्कविहीन भएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बसपार्कबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

(ekantipur.com बाट साभार)

Total
16
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
16
Share