सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको पिथौरागढमा जीप दुर्घटना हुँदा बैतडीका २ सहित ५ जनाको मृत्यु !!

बैतडी – भारतको पिथौरागढमा भएको सडक दुर्घटनामा बैतडीका २ जना सहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बैतडीको पाटन–६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुबिर सिंहको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Sana Kishan

गाडी बिनोद कुमार चन्द आफै चलाइरहेका थिए । उनको गाउँ बुगामा आजै कूल पूजा थियो । पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए ।

World Link Ads
Mahakali Polytechnic

स्नान गरेर कूलपूजाका लागि फर्किदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । अवस्थी र जोशी चन्दका कुल पुजारी समेत थिए । चन्द राती अनिदो रहेको र गाडी चलाउदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

 

(sagunkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.