सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुरोध स्वीकारी नेपाल आउन तयार भए अल्मुताइरी

हाल सम्म कै प्रिय प्रशिक्षक बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फेरि पनि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता कार्तिक ५ मा सकिदै छ । अब्दुल्लाह ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक हुन् ।

नेपाल साफ च्याम्पियनसिपको करिब तिन दशक लामो यात्रामा पहिलोपटक फाइनल पुगाउन सफल प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा समेत गरेका थिए तर पछिल्लो सहमाति अनुसार पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका छन् ।

Sana Kishan

साफ च्याम्पिनसिपको फाईनल खेल नै अन्तिम खेल हुने बताउदै अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए । एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक (म्यानेजर) मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह संग बार्ता गरि उनि नेपाल आउन तयार रहेको जानकारी दिएका छन् । उनले आफु सँग भएको कुराकानीमा प्रशिक्षक (अब्दुल्लाह) ले नेपाल आउने सहमति जनाएको स्पस्ट पारे । प्रशिक्षक अब्दुल्लाह एक दुई सातामा नेपाल आउने धारणा समेत उपाध्यायले ब्यक्त गरे।

World Link Ads
Mahakali Polytechnic

उपाध्यायले पछिल्ला दिनमा प्रशिक्षकले नेपाल बस्ने निर्णय नलिए पनि आफ्ना बाँकी काम सक्काउन भए पनि नेपाल फर्कने बताए । २०७७ साल चैतमा एन्फाले पहिलो पटक प्रशिक्षक अब्दुल्लाहलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

पछिल्लो समय खेल मैदानमा सफलता प्राप्त गर्दै गएका प्रशिक्षक अब्दुल्लाह वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको लफडा र त्यसपछिका विभिन्न अवान्छित क्रियाकलापपछि नेपाल राष्ट्रिय टोलीसँग नरहने बताउँदै आएका थिए । उनले हालसम्म तीनपटक सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिने समेत बताएका छन् ।karnalitelevision बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.