सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको भाइरल रोड’ कटानपछि महाकाली नदी गाउँ पस्ने खतरा, १२ सय परिवार विस्थापित !!

महाकाली नदीमा आएको बाढीले ‘भाइरल रोड’ कटान गरिसकेपछि नदी गाउँ पस्ने खतरा रहेको छ ।

भीमदत्त नगरपालिकाको १३ नम्बर वडाका वडाध्यक्ष लालबहादुर शाहीले नदी र गाउँको बीचमा तटबन्धको समेत काम गर्ने ठानिएको भाइरल रोड पूरै कटान भइसकेकाले अब महाकाली गाउँ पस्ने खतरा रहेको जानकारी दिए ।

 

‘अब २–३ मिटर मात्रै कटान गर्न बाँकी छ भन्ने जानकारी आएको छ, म आफैं त्यहाँ जानसक्ने अवस्था छैन । महाकाली गाउँ पसेपछि ऐरी, ओदाली, पिपरैया र बडैपुर गाउँमा बाढी पस्नेछ,’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

वडाध्यक्ष शाहीको परिवार नै विस्थापित भएर विद्यालयमा आश्रय लिन पुगेको छ । महाकाली नदीमा एक–डेढ लाख क्यूसेक पानी बगिरहेकाले सबै गाउँ पस्ने खतरा रहेको उनले बताए ।

 

Dirghayu Ads

क्षति न्युनीकरण गर्न प्रभावित हुनसक्ने गाउँका १२ सय बढी परिवारलाई पूर्ण मावि ऐरी, भागरथी प्रावि, सिद्धनाथ माविमा राखिएको शाहीले बताए । बाढीबाट महाकाली नदी किनारका १२ र १३ नम्बर वडा विस्थापित हुनसक्ने बताइएको छ ।

 

(lokaantar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.