सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको शिवनाथमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु

बैतडी — बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।

Sana Kishan

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् । मंगलबार साँझ प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको जनाएको छ । यो खबर तृप्ति शाहीले कान्तिपुरमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.